सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रणबाट स्वास्थ्यकर्मीको ज्यान गयो

धनगढीः सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसको संक्रणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे सेती प्रादेशिक अस्पतालको कोरोना अस्थाीय अस्पतालमा  मत्यु भएको हो । उनी अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो ।

२०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए । दसैँ बिदामा उनी धनगढी घर आएका थिए । दसैँ मनाएर  अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए ।

उनको कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार