‘नेकपा माटोको हाँडी हैन्, कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई’: डा.रावल

डा.भीम रावल

धनगढीः नेकपाका स्थायी कमिटी सदस्य डा.भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका हुन् ।

उनले भने–‘नेकपा माटोको हाँडी हैन्, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने बिक्तीकै फुट्ने, यो कुनै कमजोर आधारमा बनेको पार्टीपनि हैन्, उनले थपे यो त आठ लाख कार्यक्रर्ता भएको विशाल पार्टी हो’ कसैले बोल्दैमा पार्टी फुट्ने भन्ने हुदैन् ।

नेता रावलले पार्टी फुटाएर कसैलाई फाईदा नहुने बताए । ‘केपी ओलीले पार्टी फुटाएर प्रधामन्त्री भन्दा ठुलो पद के पाउनु हुन्छ ? उनले प्रश्न गर्दै भने अर्का कार्यकारी अध्यक्ष प्रचण्डले यो भन्दा ठुलो कुन पार्टीको नेतृत्व गर्नु हुन्छ ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो, पार्टी कुनै हालतमा फुट्दैन् ।’

उनले थप प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताको लागी दोस्रो पुस्ता र युवालाई नेतृत्व दिनुपर्ने भाषण गर्दै हिडेको बताए । ‘बाहिर बाहिर बोलेर हुदैन् बैठ्कमा प्रस्ताव ल्याउन सक्नुपर्छ, उनले भने पार्टीले निणर्य पारीत गर्छ सोही आधारमा क–कसले बिदा लिनुपर्ने हो त्यहि दिन लिउला ।’

अहिले पार्टीभित्रको विवाद पद र भागबन्डाको लागि नभएको नेता रावलले बताए । उनले पार्टीका अर्का प्रचण्डले प्रधानमन्त्री पदकोलागि लडाई नगरेको बताए । उनले भने–‘२०७६ साल मंसिर ४ गते सचिवालय बैठ्कमा सरकार सञ्चालन पुरा अवधि केपी ओलीले गर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले गर्ने भन्ने सहमति भएको रहेछ, उहिले सहमति भएको कुरा अहिले आएर प्रचण्डले पदको लडाई गरे भन्ने कुरा सुहाउदैन् ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार