११ बर्स देखि गाई गोठभित्र साँङलोले बाँधेर राखिएका मनोरोगीको बैतडीबाट उद्धार

मानव सेवा आश्रम धनगढीद्धारा मनोरोगीको उद्धार

मानसिक सन्तुलन गुमाएर अलपत्र परेका एक मनोरोगीको बैतडीबाट उद्धार

धनगढीः बिगत ११ बर्स देखि मानसिक संतुलन गुमाइ गाई गोठमा सिक्रीले बाधेर राखेका बैतडीका रमेश बहादुर चन्दका उद्धार गरिएको छ ।

पन्चेश्वर गाउँपालिका वडा नम्बर २ मटेला बाट गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा सदस्य सेतु चन्द को उपस्थिति धनगढीमा रहेको मानव सेवा आश्रमले उद्धार गरेको हो ।

४ महिना पहिले वडा नम्बर ४ कै आश्रम पुञ्याएकी मानसिक रोगी राधा चन्दलाई उपचार पश्चात पारिबारिक मिलन गराउन शनिवार बैतडी पुगेका मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरु र संयोजक आदर्श ढकालले मानसिक रोगी चन्दलाई उपचारको लागि धनगढी ल्याइएको पनेरुले जानकारी दिए ।

बैतडीवाट आउनका लागि गाडी ब्यबस्थापन पन्चेश्वर गाउँपालिकाले गरेको उनले बताए । मानवसेवा आश्रम कैलालीमा अहिले ३७ जनाले आश्रय लिइरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार