बेवारिसे शवका वारिस सपना, विश्वका सय प्रभावशाली महिलाको सूचीमा

सपना मगर

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन्।

जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।

सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन्। यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्सफोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन्।

‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ,’ बीबीसीले भनेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार