६ वर्षीया बालिका बलात्कारका आरोपीको घरमा आगजनीसहित ढुङगा प्रहार

बालिका बलात्कारको आरोपमा पक्राउ परेकाको घरमा आगजनी

महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेके आरोपमा पक्राउ परेका आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

प्रर्दशनकारीले आरोपीको घरमा आगजनीसहित ढुङगा प्रहार गरिरहेका छन् । आइतबार साँझदेखि घर आँगनमा खेल्दै गरेकी हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको हो । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका छन् । उनै साहको घरमा प्रर्दशनकारीले आगजनी गरिरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार