दुर्घटना न्यूनीकरणका निम्ति ‘लाइट रिफ्लेक्टिङ बेल्ट’ अभियानलाई निरन्तरता दिदै ‘स्ट्रीट पव्ज’ धनगढी

लाइट रिफ्लेक्टिङ बेल्ट अभियानलाई निरन्तरता दिदै Street Paws धनगढी
तस्विरः खनालको फेसबुकबाट

धनगढीः धनगढीमा ‘स्ट्रीट पव्ज’ले सडक कुकुरलाई बिस्कुट,पाउरोटी खुवाउदै लाईट रिफ्लेक्टिङ बेल्ट बाधेका छन् ।

सडक दुर्घटना न्युनिकरणका लागि भन्दै ‘स्ट्रीट पव्ज’को पहलमा कान्छा अभियन्ता केपी खनाल लगायत युवाहरुले सडक कुकुरलाई बिस्कुट, पाउरोटी खुवाउदै लाईट रिफ्लेक्टिङ बेल्ट बाधेका हुन् ।

रातिको समयमा सडक कुकुरका कारणले सडक दुर्घटना हुने जोखिम रहेकोले स्ट्रेट पव्स परिवारले लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु गरेको स्ट्रेट पव्सकी सन्चालक रितिका गुरुङले जानकारी दिईन ।

धनगढीको चौराहा,डोकेबजार सब्जिमण्डि क्षेत्रमा रहेका सडक कुकुरलाई बिस्कुट,पाउरोटी खुवाउनुका साथै लाईट बेल्ट बाधेको बताईन ।

धनगढी उप–महानगरपालिकाको ३ चटकपुरकि रितिका गुरुङले संचालन गरेको ञस्ट्रीट पव्ज’ संस्थाले गर्दै आएको वेवारिसे कुकुरका लागि आस्रय, घाईते कुकुरको उपचार काम युवाका लागि प्रेरणादायी रहेको कान्छा अभियन्ता केपी खनाले बताए ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार