आइतबार सुदूरपश्चिमका थप ६० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी: सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै साढे ३ सय जनाको परीक्षण गर्दा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ र कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३०  जनाको परीक्षण गर्दा थप ६० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ६७ जनाको परीक्षण गर्दा  ३५ जना, जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ७४ जनाको परीक्षण गर्दा १९, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ७० जनाको परिक्ष्इाण गर्दा ४ र कमलबजार नगरपालिकाको प्रयोगशालामा १० जनाको परीक्षण गर्दा २ संक्रमण पुष्टि भएको उनले बताए।

डडेल्धुरा अस्पताल प्रयोगशालामा ९ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आइतबार धनगढी उपमहानगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको बताए।

कैलालीकै मोहन्याल गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, यस्ते टीकापुर नगरपालिका र कैलालीकै ठेगाना नखुलेका १/१ जना

कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका ४/४ जना, बेलौरी नगरपालिकाका ३ जना, पुनर्वास नगरपालिकाका १ जना, बझाङका २ जना, त्यस्तै दार्चुला र अछामका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ५२ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ३ सय ७५ जनाले कोरोना जितेका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार