कैलालीमा बालिका बलात्कृतः एक जना पक्राउ, थप अनुसन्धान हुदै

बलात्कार

कैलालीः कैलालीमा एक ९ वर्षिय बालिका बलात्कृत भएकी छन् । जिल्लाकै मोहन्याल गाउँपालिकामा २ महिना पछि बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

प्रहरीले बालिका बलात्कारको आरोपमा स्थानीय १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरेको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई शाहीले बालिकालाई बलात्कार गरेको उनका परिवारले आरोप लगाएका छन् ।

बलात्कारको आरोपमा पक्राउ परेका शाही विरुद्ध जबरजस्ती सम्बन्धी मुद्दा गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटना किन ढिलो सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार