नक्कली नेपाली नोट छाप्ने मेसिन सहित ३ जना कञ्चनपुर प्रहरीको नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ

धनगढीः कञ्चनपुर प्रहरीले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेको छ भने डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ गरि सार्वजनिक गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर १८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरेको हो।

पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

उनका अनुसार डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ गरि सार्वजनिक गरिएको छ। कार्तिक १९ गते बेलुकिको समयमा बेतकोट नगरपालिका वडा नम्बर ५ पोलखरीमा जन्मोत्सबको खुशियालीमा खानपिन तथा रमाईलो गरी रहेको अवस्थामा केशब सिंह बिष्ट समेतका ६ र ७ जना उक्त स्थानमा आई सि आई बि प्रहरी हुँ भन्दै हतियार देखाई नगद मोबाईलहरु लुटपाटको घटनामा संम्लग्न रहेका मुख्य प्रतिबादी लाई पक्राउ गरि सार्वजनिक गरिएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार