पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुल्ने

पशुपतिनाथ मन्दिर

काठमाडौँ : पुस १ गते बुधबारदेखि पशुपतिनाथ मन्दिर खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्न लागेको हो ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले मन्दिर खोल्न लागिएको जानकारी दिएका हुन् । उनले भने, ‘भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्नेछ, मन्दिर प्रवेश गर्नुअघि कोषले स्यानीटाइजरको व्यवस्था गर्नेछ ।’ उनका अनुसार, एकपटकमा एउटा समूहलाई मन्दिर प्रवेश गराइनेछ । लाइनमा बस्नेबीच दुई मिटरको दूरी राखिने छ ।

कोषका सचिव डा. प्रदीप ढकालले स्वास्थ्य मन्त्रालयले तय गरेको न्यूनतम मापदण्डमा रही भक्तजनलाई मन्दिरको दर्शन गर्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘नौ महिनापछि मन्दिर खोल्दैछौं तर भक्तजन स्वयं सचेत भएर दर्शन गरे कोरोना संक्रमित हुनुपर्ने छैन ।’ सरकारले लकडाउन गरेसँगै चैत ११ गतेदेखि पशुपतिनाथ मन्दिर बन्द थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार