यस्तो छ ? प्रम ओलीको पहिलो टिकटक भिडियो !

यस्तो छ ? प्रम ओलीको पहिलो टिकटक भिडियो !

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन्। पछिल्लो समय विश्‍वभर लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीको एकाउन्ट खोलिएको हो।

आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ। प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट खोल्नेबारे छलफल भए पनि खोलेको जानकारी नभएको बताए। ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियोु, उनले भने, ‘तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ।’

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ ।हेर्नुहोस् प्रम ओलीको पहिलो टिकटक भिडियो…!

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार