यातायात व्यवस्था कार्यालय धनगढीको सिसिटिभी फुटेज अख्तियारको चङ्गुलमा

यातायात व्यवस्था कार्यालय धनगढी

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीको गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजर गएको छ । नयाँ लाइसेन्सका लागि ’ट्रायल’ खुलेपछि अनियमितता हुने गरेको कुरा बाहिर आएपश्चात् छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल स्थलमा जडान गरिएको सिसिटिभी फुटेज नियन्त्रणमा लिने भएको छ ।

अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालयमा कार्यालय प्रमुखकै मिलेमतोमा गैर कानुनी कामहरू भएका छन् र सोको अनुसन्धानका लागि अख्तियारले यस्तो कदम चालेको हो । अख्तियार स्रोतले भन्यो, ‘प्रमुखका बारेमा धेरै गुनासाहरू आएका छन् । सबैको अनुसन्धान गरी गलत गरेको भेटिएमा उनीमाथि अख्तियार कारवाहीको तयारीमा छ।’ आइतबार नै कार्यालयमा अनुसन्धानको पत्र पुगिसकेको छ ।

स्रोतका अनुसार पैसा खुवाएर लाइसेन्स निकाल्ने, ट्रायलमा फेल भएकाहरूलाई पनि पास गराइदिने, पैसा लिएर लाइसेन्स नै बिक्री गर्ने, सवारी पास गर्दासमेत घुस लिने लगायतका उजुरी अख्तियारमा छन् ।

यातायात कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले पनि अख्तियारले आफ्नो कार्यालयमा अनुसन्धानका लागि चिठी पठाएको कुरा सत्य भएको स्वीकारेका छन् । उनले भने, ‘हाम्रा कर्मचारीले कुनै गलत काम गरेका छन् भन्ने जस्तो मलाई लाग्दैन ।’ बरु उनले आफूले आफ्नो कार्यकालमा परिवर्तन र विकास धेरै गरेको दाबी दाबी गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार