मुख्यमन्त्रीसंग क्षमा माग्दै गर्जिए गगन थापा, भन्छन् ‘लाचारीपनले अरूका मास्क बाढ्ने मात्रै काम गर्‍यो’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा
धनगढीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सुदूरपश्चिमका मुख्यमन्त्री को लाचारीपनले अरूका मास्क बाढ्ने मात्रै काम गरेको बताएका छन् ।
सोमबार  धनगढीको पार्क मोडमा आयोजित सरकार विरोधी सभालाई सम्बोधन गर्दै उनले भने, ‘लाचार निरीह मुख्यमन्त्री जी क्षमा गर्नु होला तपाईँको प्रदेशमा आज आएर भन्नु पर्छ तपाईँ जस्तो लाचार र निरीह मुख्यमन्त्रीको कारण नागरिक सडकमा आएर प्रदेश चाहिएन भन्दै छन् ।’ यो कत्तिको पिडा दाई कुरा हो ?
उनले थप्दै भने, ‘तपाईँ नेकपाको नेताहरूको दैलो कुर्ने कार्यकर्ता बाहेक, नेताको आदेश मान्ने बाहेक यत्रो सुदूरपश्चिमको मुख्यमन्त्री हैसियत राख्न सक्नु भएन । तपाईँले यस्तो कोरोना कहर भएको बेला योगेश भट्टराईको कुर्सी ठटाएर पैसा बोकेर आएको छु प्लेन देऊ स्वास्थ्य सामाग्री म ल्याउँछु भन्न सक्नु भएन धन्न आज लेखराज भट्टले दिएको सेनेटाइजर भिम रावल दिएको मास्क बांडदै हिन्नु त भएको छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार