सुदूरबाट देउवालाई गगनको सुझाव: ‘उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषद्को बैठकमा गइस्यो’

गगन थापा

धनगढी: नेपाली काँग्रेसका युवा नेता गगन थापाले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

कैलालीको धनगढीमा नेपाल प्रेस युनियन कैलालीले मङ्गलवार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषद्को बैठकमा नजान सुझाव दिए । जबसम्म उपसभामुखको चयन नभएसम्म संवैधानिक बैठकमा काँग्रेसले भाग लिनुहुँदैन उनको भनाई छ । संवैधानिक व्यवस्था अनुसार उपसभामुखको पद फरक दलले पाउने भएकोले त्यो व्यवस्था नभएसम्म काँग्रेस उक्त बैठकमा सहभागी नहुने जिकिर गरे ।

संवैधानिक परिषद्को सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली काँग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ । पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषद्को बैठकले पूर्णता पाउने उनले बताए । परिषद्मा एक जना सदस्य (उपसभामुख) पद रिक्त छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार