घरबार विहीन परीवारको घर बनाउन का लागि आर्थिक सहयोगको अपिल !

घरबनाउनका लागि आर्थिक सहयोगको अपिल
तस्विर/भिडियोः अभिशेख नाथ
धनगढीः घरबार विहीन बेसहारा अवस्थामा जीवनयापन गर्न बाध्य बाजुराको बुढिगंगा नगरपालिका देउमाण्डु  लुहार बाडा कि दिपा लुहारको घर निर्माणका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
कलिलै उमेरमा एकल महिला जस्तो पिडा भोगेकी लुहारका  ६ छोरा-छोरी र एक सासू छन् । उनी संग नत बस्नलाई आफ्नो घर छ, नत घर बनाउन आफ्नो जग्गा नै छ । लुहारका श्रीमान् को निधन पछि उनी र उनको घर जग्गा विहीन परिवार आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
अहिले सोही घरबार विहीन परिवार को एउटा आफ्नो टाउको छोप्ने सम्म भए पनि घर होस भनेर सामाजिक कार्यमा सरिक मनकारी युवा अभिशेख नाथ (लोक) ले घरबार विहीन परिवार को साहारा बन्दै घर निर्माणका लागि आर्थिक सहयोग को अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्दै निस्स्वार्थ भावनाले सहयोग गर्न चाहने हरू ले ९८६९३१४५५३ र ९८१३२५५६२० मा सम्पर्क गरी सहयोगका लागि अपिल गरेका छन् ।
घरबार विहीन परीवारको पिडा सुनौं उहाँकै आवाजमा…!
मनकारी युवा अभिशेख नाथ (लोक) को फेसबुक स्ट्याटस हेर्न यहाँ क्लिक गर्नुहोस्ः

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार