बैतडीको पुर्चौडी ४ स्थित भटना स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

बैतडीको पुर्चौडी ४ स्थित भटना स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना
तस्बिर: सामाजिक सञ्जाल
धनगढीः बैतडीको पुर्चौडीमा नगरपालिका वडा नं. ४ स्थित भटना स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ ।
नगरपालिकाले जनशक्ति व्यवस्थापन र उपकरण उपलब्ध गराएपछि भटना स्वास्थ्य चौकीमा प्रयोगशाला र सुरक्षित प्रसूति सेवा केन्द्रको उद्घाटन गरिएको वडा नं. ४ भटना का अध्यक्ष शैलेन्द्र धानुक सिद्धान्तले बताए । आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले प्रयोगशालाको स्थापना गरिएको उनले बताए ।
प्रयोगशालाको उद्घाटन पुर्चौडी नगरपालिकाका नगर प्रमुख रण ब. कुँवर ले गरेका हुन्, भने प्रयोगशालामा पहिलो परीक्षण स्थानीय समाज सेवी तथा सामाजिक अगुवा धनवीर भट्ट को रगतमा सुगरको मात्रा  परीक्षण गरी प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशाला स्थापना भएपछि  जिल्ला सदरमुकाम तथा डडेलधुरा धाउनुपर्ने बाध्यता हटेको विश्वास स्थानीयले लिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार