ताजा जनादेशमा जानु जनताको हित विपरीत र अलोकतान्त्रिक कसरी हुन सक्छ ?: उपप्रमुख रेग्मी

प्रधानमन्त्री कदमको समर्थन

सृष्टि रेग्मी

बाजुराः प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको प्रतिनिधिसभा विघटनको सिफारिसबारे बाजुराको बूढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले आफ्नो धारण राखेकी छन् ।

स्थानीय सरकारका प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधिहरू विभाजित भइरहेका बेला बाजुराको बूढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष गरेको सिफारिसको समर्थन गरेकी छन् ।

उनले सामाजिक संजाल फेसबुकमा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको तसबीरसँगै स्टाटसमा लेखेकी छन्, ‘ताजा जनादेशमा जानु जनताको हितविपरीत र अलोकतान्त्रिक कसरी हुन सक्छ? जनतामा गएर प्रशस्त मत ल्याएर चुनाव जित्ने ढोका खुलेको छ । ताजा जनादेशमा जानुपर्ने बाध्यताका सृजनाकारहरुलाई हार्दिक शुभकामना छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार