नगरपालिकाकै दोस्रो महिला वि.व्य.स. अध्यक्ष बनिन् भट्ट

नेतृत्वमा महिला सहभागिता

मञ्जु देवी भट्ट
धनगढीः बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ४ भटना स्थित श्री दुर्गा आधारभूत विद्यालय नाराणढुगां को विद्यालय व्यवस्थापन समितिमा समितिमा मञ्जु देवी भट्ट चयन हुनुभएको छ ।
वडा नं. ४ का वडा अध्यक्ष शैलेन्द्र धानुकको उपस्थितिमा यही मङ्सिर १७ गते बसेको अभिभावक भेलाबाट भट्ट लाई सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति सदस्य सचिव चन्द्रदेव भट्टले जानकारी दिनुभयो ।
महिलाहरू चुलो चौकोमा मात्रै सीमित नभई सामाजिक कार्यमा समेत उपस्थिति र सहभागिता बढे सिङ्गो वडाको मात्र नभई गाउँ समाजको विकासमा अझ टेवा पुग्ने बताउँदै वडा अध्यक्ष धानुकले भट्ट नगरपालिकाकै दोस्रो महिला विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिमा क्रमशः अध्यक्षमा मञ्जु देवी भट्ट, सदस्यमा धनवीर भट्ट, प्रमानन्द भट्ट, गौरादेवी भट्ट, हरि दत्त भट्ट र सीता देवी भट्ट, शिक्षक प्रतिनिधिमा कर्ण प्र. भट्ट तथा सदस्य सचिवमा चन्द्रदेव भट्ट चयन गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार