सुदूरमा थप ९९ जना नयाँ कोरोनाका सङ्क्रमित थपिए, कुल डिस्चार्ज हुनेको सङ्ख्या कति ?

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः बुधबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ५ सय नमूना परीक्षण गर्दा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय १४ जनाको परीक्षण गर्दा थप ९९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ५६ जनाको नमूना परीक्षण गर्दा ८५ जना, डडेल्धुरा अस्पतालमा ४९ नमूना परीक्षण गर्दा ५ जना, जिल्ला अस्पताल बझाङमा ६१ नमूना परीक्षण गर्दा ३ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा ४८ जनाको नमूना गर्दा ६ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभयो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४४ र कञ्चनपुरका ४१ सहित सुदूरपश्चिमका थप ८५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । यस्तै कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कोरोना पुुष्टि हुनेमा मंगलसेन नगरपालिकाका ३ जना र चौरपाटी गाउँपालिकका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रयोगशालामा ५६ नमूना परीक्षण भएको उहाँले बताउनुभयो । त्यसैगरी पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बझाङमा ६९ नमूना परीक्षण गर्दा जयपृथ्वी नगरपालिकाका २ जना र छविस पाथिभेरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज नरेश खड्काले बताउनुभयो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ६२ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार