दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै

विद्यालयमा पठनपाठन

कैलालीः सरकार र विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजालगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ ।

सीमान्तकृत बालिकाको शिक्षामा पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीबिच धनगढीमा आयोजित कार्यक्रममा उनीहरूले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू भएको दिवा खाजा कार्यक्रम सकारात्मक देखिएको बताए ।

सुदूरपश्चिम प्रदेशका झन्डै १२ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रतिनिधि सहभागी उक्त छलफल कार्यक्रमबाट शिक्षामा सीमान्तकृतको पहुँच बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर डवले एउटा स्थानीय तहले गरिरहेको राम्रो अभ्यास अर्को स्थानीय तहले पनि कार्यान्वयन गर्न सक्ने भएकाले यस्तो छलफल निकै प्रभावकारी हुने बताए । उनले भने, “बालिकाहरूलाई सहजपुरमा शिक्षा प्रदान गर्नका लागि विद्यालयहरू पनि बालिका मैत्री हुनु र सम्बन्धित अभिभावकको सोचमा परिवर्तन आउन जरुरी छ ।”

धनगढी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत महादेश जोशीले पहिलेको तुलनामा बालिकाको शिक्षामा पहुँच बढ्दै गएको बताए । अझै पनि भौगोलिकरुपमा विकट र चेतनाका दृष्टिमा पछि परेको कतिपय समुदायका अभिभावक आफ्ना बालिकालाई विद्यालय पठाउन विभिन्न कारणले सकिरहनु भएको छैन, उनले भने ।

बालिकाको शिक्षामा थप पहुँच बढाउनका लागि सम्बन्धित अभिभावकमा पनि चेतना फैलाउनु पर्ने देखिएको कार्यक्रमका सहभागीहरूको जोड थियो । मर्किसोर नेपाल र ब्याक वार्ड सोसाइटी एजुकेसन (बेस) जस्ता संस्थाले कैलालीलगायतका जिल्लामा शिक्षामा बालिकाको पहुँच बढाउन सीमान्तकृत बालिकाको शिक्षामा पहुँच सहयोग परियोजनामार्फत विभिन्न सहयोग पु¥याइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार