बैतडीमा जिप दुर्घटना: चालकको मृत्यु, ३ घाइते मध्ये २ को अवस्था गम्भीर !

सडक दुर्घटना
बैतडी: बिहीबार बिहान ५ बजेतिर बैतडीमा भएको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ तर्फ गइरहेको से १ ज ८४३ नम्बरको जिप जय पृथ्वीराज मार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको आलु गैरामा दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीमा अनुसार सो दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए ।
त्यस्तै, दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार