‘मन-मुटु नभएको सरकार’ का सामु दारी ग्याङ धनगढी को मनकारी काम: ४५ घरपरिवारलाई न्यानो लुगा र खाद्यान्न वितरण

दारी ग्याङ धनगढी

धनगढीः मन-मुटु नभएको सरकार का सामु दारी ग्याङ धनगढी ४५ घरपरिवारको साहारा बनेको छ । दारी ग्याङ कोरियाको सहयोगमा दारी ग्याङ धनगढीले गौरीगंगा नगरपालिका वडा नम्बर ४ का ४५ घरपरिवारलाई न्यानो लुगा र खाद्यन्न वितरण गरेको छ ।

गौरीगंगा वडा नम्बर ४ मा रहेका खल्ला शिबिर, राधाकृष्ण शिबिर, सुगरखाल शिबिर, सिमलपुर शिबिरमा रहेका ४५ घरपरिवारलाई ब्लाकेट, चिनी, नुन र चियापत्ती बितरण गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।

शिबिरमा रहेका अति बिपन्न परिवार अन्तर्गत एकल महिला, बृद्धबृद्धा तथा अपागंता भएका व्यक्तिहरुलाई बितरण गरिएको थियो । वितरण कार्यक्रममा गौरीगंगा नगरपालिकाका वडा सदस्य टेकराज ढुगाना, समाजसेवी सिपी सापकोटा लगायत दारी ग्याङ धनगढीका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन दारी ग्याङ धनगढीका सदस्य नरेन्द्र बोहराले गरेका थिए ।

राहत पाएका धन बहादुर बिक र बजारी चौधरीले राहत पाएकोमा निकै खुसी व्यक्त गरे । चिसोले निकै गाह्रो भईरहेको थियो उनिहरुले भने राहतले अब चिसोमा निकै राहत महसुस भएको छ ।
समाजिक कार्य गर्दै आएको दारी ग्याङ धनगढीले सहयोग, तथा आकस्मिक रक्तदान गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार