धनगढीको ६ लेन सडकमा दुर्घटना बढ्दो, गए राति पनि शिवपुरी यातायातको बस दुर्घटना 

धनगढीको ६ लेन सडकमा बस दुर्घटना
दुर्घटना ग्रस्त बस
धनगढी: धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड अन्तरगत राजपुर क्षेत्रमा बस दुर्घटना भएको छ।
गए राति धनगढीबाट अत्तरिया तर्फ गइरहेको शिवपुरी यातायातको ना ७ ख ५६९३ नम्बरको बस मोहनापुल अत्तरिया ६ लेन सडकको राजपुर क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा बसमा केही क्षति भए पनि मानवीय क्षति भने नभएको उहाँले बताउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार