ओली सरकारद्धारा मन्त्रिपरिषद् बिस्तारः वन मन्त्रीको जिम्मेवारी ‘नेपाली किम जोङ’ प्रेम आले लाई, यस्तो छ कार्य विभाजन ?

सुदूरका का ३ नेता एकै दिन बने मन्त्री !

काठमाडौं: सुदूरपश्चिम प्रदेशका ३ नेता एकै दिन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर गरेर बिस्तार गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा सुदूरपश्चिम प्रदेशका ३ नेताले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

डोटीबाट निर्वाचित प्रेम आले वन मन्त्री  भएका छन् । दार्चुलाबाट निर्वाचित गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री र कैलालीबाट निर्वाचित गौरी शङ्कर चौधरी श्रम मन्त्री भएका छन् । चौधरीलाई खानेपानी मन्त्री बनाउने चर्चा चले पनि अन्तिममा उनले श्रम मन्त्रालयको जिम्मेवारी पाएका हुन् । केही मन्त्रालयहरू हेरफेर भएका छन् । हेरफेरमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा टोपवहादुर रायमाझी ऊर्जा मन्त्री भएका छन् । त्यस्तै मणी थापा खानेपानी, प्रभु साह सहरी विकास  मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । यसैबिच नवमन्त्रीहरुको शीतल निवासमा सफत ग्रहण भएको छ।

Mantrilist
प्रधानमन्त्री सहित नयाँ मन्त्रीहरू को कार्य विभाजन

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार