पार्किङ स्थल नहुँदा महेन्द्रनगरमा सवारीको बिचल्ली, ट्राफिक प्रहरीको सेवा खल्लिबल्ली (फाटो समाचार)

कञ्चनपुरको महेन्द्रनगर बजारमा पार्किङ स्थलको अभाव
धनगढीः पार्किङ स्थलको अभाव हुँदा कञ्चनपुरको महेन्द्रनगर बजारमा सवारी साधनहरू बिच सडकमै बिचल्लीत देखिन्छन् ।
बजार क्षेत्रमा सवारी पार्किङका लागी निश्चित स्थान नतोकिँदा र साँघुरा सडकका कारण महेन्द्रनगर बजारमा पैदल यात्रुलाई हिँडडुल गर्न समेत मुस्किल हुने गरेको सहजै महसुस गर्न सकिन्छ ।
महेन्द्रनगर बजार क्षेत्रमा न ट्राफिक प्रहरीको सक्रियता देखिन्छ नत उपस्थिति नै देखिन्छ । नागरिक र ट्राफिक प्रहरी बिचको दुरी बढेकोले पनि सडककामा दुर्घटना निम्तिने जोखीम उत्तिकै बढेको छ ।
त्यस्तै, बजार क्षेत्रका व्यापारीलाई व्यापार गर्न पनि उत्तिकै समस्या हुने गरेको छ । पसल अगाडि सवारीसाधन (मोटरसाइकल, स्कुटर, साइकल) अव्यीस्थत तरीकाले पार्किङ गरी राख्दा व्यापार गर्न निकै समस्या हुने गरेको व्यापारीहरू बताउँछन् ।
हेरौँ पार्किङ स्थल नहुँदा महेन्द्रनगरमा सवारीको बिचल्ली तस्बिर मा…!
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पनि सेवाग्राहीले सवारी कहाँ पार्किङ गर्ने भन्ने विषयमा अन्यौलता नै देखिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार