फूलबारीमा सामुदायिक कृषि तथा पशु हाट बजार, ‘आफ्नो भूमि आफ्नै पसिना, आय आर्जनको राम्रो सम्भावना’

फूलबारीमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालन

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीको एफ गाउँमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालनमा आएको छ । शनिबार आयोजित एक समारोहका बिच धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हाटबजारको उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख वडले हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादनले बजार पाउने बताए । उनले हाटबजार विक्री केन्द्र मात्रै नभई संकलन केन्द्रका रुपमा पनि रहने बताए । हाटबजारसंगैे कोल्ड स्टोर पनि संचालनको तयारीमा रहेकोले यसले किसानहरुलाई निकै फाइदा पुग्ने बताए ।

उनले फूलबारी हाटबजारलाई प्रदेशकै नमुना हाट बजार बनाइने बताए । किसानको उत्पादनले बजार नपाएर बारीमै उत्पादन मर्ने अवस्थामा घर आगनमै हाटबजार सञ्चालन भएपछि त्यो चिन्ता टरेको उनको भनाई छ ।

हाटबजार संचालनमा आएपछि यस क्षेत्रमा कृषिक्षेत्रको बिकासमा टेवा पुग्ने धनगढी उपमहानगरपालिका–१८का वडा अध्यक्ष मुरारी अधिकारीले बताए । हाटबजार सञ्चालनमा आएपछि किसानहरु उत्साहित भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार