चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल आज देखी सञ्चालनमा

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरिने

एसटिएस सिनेमा हल

धनगढी: कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा आएको छ । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल नखुलेको अवस्थामा आजदेखि एसटिएस सिनेमा हल खुलेको हो  ।

एसटिएस सिनेमाका सञ्चालक राजकुमार श्रेष्ठले हल आजदेखि खोलेको जानकारी दिए ।  विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्ड अनुसार नै सिनेमा हल खुलेको हो ।आज सिनेमा खुलेको पहिलो दिन अङ्ग्रेजी चलचित्र द ईन्भिजन म्यान प्रदर्शन हुनेछ । चलचित्रको पहिलो सो सवा १२ बजे लाग्नेछ ।

हलमा छिर्ने बेला भिडभाड हुन नदिने, स्यानेटाईजरको प्रयोग गराउने, मास्क बिना हलभित्र जान नदिने र दुई दर्शकबिचको सिट खाली राखेर सञ्चालन गरिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार