वडा स्तरीय बाल क्लब विस्तार गर्दै नगर बाल सञ्जाल धनगढी

नगर बाल सञ्जाल धनगढी

धनगढी । धनगढीमा रहेको नगर बाल सञ्जाल धनगढीले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गर्ने तयारी गरेको छ । नगरका सामुदायिक तथा निजी विद्यालय सङ्गको सहकार्यमा वडास्तरिय बाल क्लब गठन तयारी गरेको हो ।

वडामा रहेका विद्यालयबाट सम्बन्धित वडाका ५ जना बालबालिका सिफारिस गरिएका र इच्छुक बालबालिकालाई वडा कार्यालयको सहकार्यमा सम्बन्धित वडाको वडा स्तरीय बाल क्लब गठन गरिने नगर बाल सञ्जाल धनगढीकी उपाध्यक्ष लक्ष्मी जोशीले जानकारी दिईन ।

विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रुपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले वडा स्तरीय बाल क्लब गठन गरिरहेको नगर बाल सञ्जालका अध्यक्ष विजयराज जोशीले जानकारी दिए ।

“बिभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाइ बढी जोखिम हुने हुदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम उठाएका हौं।” उनले भने ।

धनगढी भित्रका सम्पूर्ण वडाका बालबालिकाको सक्रिय भूमिका र बडा कार्यालयको पुर्ण सहयोगका लागि नगर बाल सञ्जाल धनगढीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार