SKIP THIS

धनगढी उप-महानगरपालिका

प्रम ओलीलाई धनगढीबाट डा. रावलको प्रश्नः संविधान कुल्चिनै पर्ने अनि लोकतन्त्रको धज्जी उडाउनै पर्ने यो कस्तो बाध्यता ? 

उही ओली जी हो कि...परिमार्जित ?

डा. भीम रावल
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को (प्रचण्ड–माधव) समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई ठाडो प्रश्न गर्नुभएको छ ।
मङ्गलवार धनगढीमा आयोजित नेकपा (प्रचण्ड–माधव) समूहको विरोध सभालाई सम्बोधन गर्दै नेता डा. रावलले कडा प्रहार साथ प्रश्न गर्नु भएको छ ।
विरोध सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको विघटन गर्दै संविधान कुल्चिनु पर्ने अनि यो संसदीय प्रणालीमा हुनै नसक्ने मनपरी ढंगमा मन्त्री गठन विस्तार गर्दा प्रतिनिधि सभाका सदस्य समेत नभएका लाई समेत मन्त्री बनाउनु यो लोकतन्त्रको धज्जी उडाउनु होइन ? कमरेड लाई अलिकति पनि लज्जा बोध भएन ?’ भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले थप्दै भन्नुभयो, ‘मैले एकताका जेलमा भेटेका ओली जी, हाम्रो पार्टीका अध्यक्ष जी हुन की जस्तो पनि लागेको छैन । ओली जी तपाई उही ओली जी हो कि ? परिमार्जित भएको ओली जी हो ?’ भनी प्रधानमन्त्री केपी शर्मा ओली लाई प्रश्न गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार