सामाजिक कार्यमा युवा सहभागिता बढ्दो, क्यान्सर पीडित विक्रम थापा बचाउन सहयोगको अपिल !

क्यान्सर पिडित बिक्रम थापा
क्यान्सर पिडित थापा
धनगढीः पछिल्लो समय सामाजिक कार्यमा युवाहरूको सहभागिता बढी रहेको छ । यही कुराको ज्वलन्त उदाहरण हो लामो समय देखी क्यान्सरबाट पीडित बझाङका विक्रम थापा बचाउन युवा व्यवसायी भीम बडैलाले द्वारा आह्वान गरिएको विक्रम थापा बचाउ अभियान ।
विगत लामो समय देखी बझाङ को खप्तड छान्ना गाउँपालिका का ५३ वर्षीय विक्रम थापा प्राणघातक रोग क्यान्सर सँग जुधिरहेका छन् । थापाको उपचारकै लागि थापाको परिवारले आफूसँग भएको सबै सम्पत्ति बेचबिखन गरी सकेका छन् भने, अहिले चरम आर्थिक अभावमा जीवन-मरणको दोशाधारमा बाच्नुपर्ने पिडा भोगी राख्नुभएको छ ।
हो तिनै जीवन-मरणको दोशाधारमा बाची रहेका थापाको उपचारकालागी धनगढीका युवा व्यवसायी भीम बडैलाले आर्थिक सहयोग होस भन्ने उद्देश्यले सबै मनकारी मनहरूलाई थापाको हौसला बन्दिन अनुरोध गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुक अकाउन्टको सदुपयोग गर्दै सहयोग गर्न चाहने हरु लाई ९८४८५४४५५३ र ९८०४६७३६६६ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
Image may contain: 1 person, closeup

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार