जन्मदिनको अवसरमा वडा अध्यक्ष ऐर द्धारा सहयोग

जन्मदिनको अवसरमा वडा अध्यक्ष ऐर द्धारा सहयोग

जन्मदिनको अवसरमा वडा अध्यक्ष ऐर द्धारा सहयोग

धनगढीः धनगढी उप-महानगरपालिका वडा नम्बर ३ को रिङरोड छेउमै एउटा सानो घर छ सुशीला सार्कीको । घर जमिन नै नभएकी सार्की बिगतदेखीनै रिङरोड छेउमा रहेको जमिनमा घर बनाएर बसिरहेकी छिन् ।

३ छोराछोरीकी आमा सुशीलाका श्रीमान रोजगारीका लागी भारत थिए । भारतबाट फर्केको केही दिनमै उनको हृदय घातका कारण मृत्यु भयो । आर्थिक अभावकै कारण दुई छोरालाई समेत उनले विद्यालय पढाउन पाइनन् । एउटा कमाउने श्रिमानको पनि निधन भएपछि उनी वियोगमा छिन् ।

श्रीमानको निधनसङै वियोगमा रहेकी सुशीलाको घरमा केही दिन अघि धनगढी वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर पुगे। उनको अवस्था दयनीय देख्दा उनले केही व्यक्तिगत सहयोग गर्ने सोच बनाए ।

बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर अध्यक्ष ऐर सुशीलाको घरमा केही सहयोग लिएर पुगे । वियोगको पिडामा रहेकी सुशीलालाई खाद्यान्न, लुगा कपडा लगायतका समान सहयोग गर्दै ऐरले अरुलाइपनि सहयोग गरिदिन आग्रह गरे ।

जन्मदिनको अवसर पारेर वडा अध्यक्ष ऐरले धनगढी उप-महानगरपालिका ३ कै गौशालामा दाना सहयोग गरेका छन् । साथै दृष्टि फाउन्डेसन मार्फत धनगढी उप महानगरपालिका १३ की एक विपन्न महिलालाई लुगा कपडाका लागी सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार