होटलमा बसेर ८ घण्टा कैलाली प्रहरीलाई झुक्याउने डिएसपी चौधरी निलम्बित

प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी

धनगढीः मंसिर ९ गते (मंगलबार) राति सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी निलम्बनमा परेका छन्।

माथिल्लो निकायलाई कुनै जानकारी समेत नदिई होटलमा बसेर ८ घण्टा सम्पर्क विहीन भएका चौधरीलाई गृह मन्त्रालयले छानविनका लागि निलम्बन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मंसिर १२ गतेको गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी नायब उपरीक्षक चौधरीलाई निलम्बन गरिएको जानकारी दिए।

छानबिनका लागि निलम्बनमा परेका चौधरी दोषी देखिए प्रहरी सेवा ऐनअनुसार उनीमाथि कारवाही हुने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार