नेपाल-भारत सीमा क्षेत्रमा मारिएका नेपाली युवकलाई सिसाको गोली हानि हत्या गरेको खुलासा

कञ्चनपुर स्थित नेपाल-भारती सीमा क्षेत्रमा १ नेपाली नागरिकको गोली हानि हत्या

धनगढीः कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा मृत अवस्थामा भेटिएका कञ्चनपुरका युवकबारे नयाँ तथ्य खुलेको छ।

मंसिर ४ गते गोली लागेको अवस्थामा मृत फेला परेका कञ्चनपुरको पुनर्वासका –५ का ३५ वर्षीय शिवलाल रानाको बन्दुक प्रहार गरिएको खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश बिष्टले भारतीय प्रहरीको भनाइ उदृत गर्दै भने, ‘रानालाई सिसाको गोली हानी हत्या गरिएको पाइएको छ। तर हत्या कसले र किन गर्यो भन्ने कुरा खुलेको छैन्।’

उनले शव परीक्षण रिर्पोटका आधारमा रानाको हत्या गर्न सरकारी हतियारको प्रयोग भएको तथ्य खुलिनसकेको जनाएका छन्।

‘प्रहरी वा अन्य सुरक्षा निकायले सिसाको गोली प्रयोग गर्दैनन्,’ उनले भने, ‘सोही कारण पनि हुनसक्छ पीडित पक्षले आशङ्का गरेअनुसार भारतीय अधिकारीले सरकारी हतियारको प्रयोग नभएको बताएको छ।’ तर घटनाबारे थप अनुसन्धान जारी राखिएको भारतीय प्रहरीले बताएको उनले जनाए।

राना गत बिहीबार नेपाल–भारत सीमादेखि करिब ३ किलोमिटर दक्षिणतिर भारतको दुधुवा नेशनल पार्कमा हत्या गरेको अवस्थामा मृत फेला परेका थिए। उनको शव आफन्तले बुझेर अत्येष्टि गरिसकेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार