कोरोना कहर पछिको पहिलो पाईला, एडुपल नेपाल धनगढीले गर्यो भौतिक कक्षा सञ्चालन

एडुपल नेपाल, धनगढी

धनगढीः कोरोनाको कहरले १९१ देशका झन्डै २ अरब भन्दा बढी बालबालिकाको शिक्षा पाउने अधिकारमा प्रभाव पारेको छ । नेपालको सन्दर्भमा भन्दा यसले ७० लाख २१ हजार भन्दा बढी विद्यार्थीहरूलाई विद्यालय तहमा र उच्च शिक्षामा ५ लाख २६ हजार विद्यार्थीहरू प्रभावित भएका छन् ।

त्यस्तै युवा पुस्ता, जागीर, रोजगार, लोकसेवा आयोगले विभिन्न पदका लागी लिने परीक्षाको तयारी गरीरहेका विभिन्न उमेर समुहका विद्यार्थि तथा शैक्षिक क्षेत्र संगै विविध विधामा कोरोना कहरले हाल भएका मूल्य मान्यताहरू जस्ताको तस्तै आउने कुरामा शिक्षाविद्हरु तथा सम्बन्धित विधाका विज्ञहरुले शंका व्यक्त गरेका छन् ।

यसै शंका र उप-शंकाकाबिच लोकसेवा आयोग, शिक्षकसेवा, निजामती कर्मचारी लगाएत विभिन्न तयारी कक्षाहरुको तयारी गराउँदै आईरहेको सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यार्थिहरुको रोजाईमा पर्न सफल उत्कृष्ट शैक्षिक गन्तव्य एडुपल नेपाल धनगढीले भौतिक कक्षा सञ्चालन गर्ने भएको छ ।

एडुपल नेपाल धनगढीले मंसिर १८ गते बिहिबारबाट नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक कक्षा सञ्चालन गर्न लागेको एडुपल नेपालका सञ्चालक टेक राज पन्तले जानकारी दिनुभयो । पन्तका अनुसार बिहिबारबाट सञ्चालन हुने विभिन्न विधाका तयारी कक्षाहरुमा विषय विज्ञ प्रशिक्षकको व्यवस्था, हरेक कक्षाकोठामा (फग मेसीन)को प्रयोग गरी स्यानिटाईजिङ्गको व्यवस्था गरीएको छ ।

त्यस्तै, एडुपल परीसर भित्र प्रवेश गर्ने हरेक व्यक्तिको तापक्रम परीक्षण, कार्यालयमा सोधपुछका लागी आउने हरेकलाई निःशुल्क सर्जिकल मास्कको व्यवस्था, तातोपानीको व्यवस्था तथा तयारी कक्षामा सहभागी हुने हेरेक विद्यार्थीलाई संस्थाको तर्फबाट पेन, कक्षाको प्रकार र समुह अनुरुप फरक(फरक रङ्गको (के.एन-नाईन्टिफाईभ) मास्क तथा स्यानिटाईजरको व्यवस्थापन गरी भौतिक दुरी सहितको कक्षा सञ्चालन गर्न लागेको पन्तले बताउनु भयो ।

के-कस्तो व्यवस्था गरीएको छ ? भिडियो हर्नुहोस् ।

https://www.facebook.com/edupalnepal/videos/192008279204142/

 

 

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार