स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान, आज विश्व माटो दिवस मनाइँदै !

विश्व माटो दिवस

आज विश्व माटो दिवस पनि मनाइँदै छ । स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।

थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो ।

जमिनमुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार