SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमै फरक स्वादको साथमा ‘घराना चुलो’ सञ्चालनमा (फोटो समाचार)

घराना चुलो

धनगढीः धनगढीमा करिब एक करोडको लगानीमा ‘घराना चुलो’ सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिका वडा नं. १ स्थित एयरक्राफ्ट म्युजिएम अगाडी सञ्चालनमा आएको उक्त चुलोको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले शनिबार उद्घाटन गर्नु भएको हो ।

चितवनमा लामो समयदेखि रेस्टुरेन्ट पेशामा सक्रिय युवा व्यवसायी एलिस चन्द सहित धनगढीका युवा व्यवसायी योगेन्द्र चन्द र राकेश चन्दको लगानीमा उक्त चुलो सञ्चालनमा ल्याइएको हो । उक्त घराना चुलो उद्घाटन कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भट्टले यस्ता व्यवसायले प्रदेशमा पर्यटक भित्र्याउन ठुलो मद्धत पुग्ने बताईन् ।

यस्तै धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर ऐरले धनगढीको आवश्यकतालाई मध्येनजर गर्दै सञ्चालनमा आएको ’घराना चुलो’ ले अन्य रेस्टुरेन्टको भन्दा फरक स्वाद दिने जमर्को गरेको भन्दै उनले सफल्ताको शुभकामना दिएका छन ।

यसैगरी युवा व्यवसायी तथा सञ्चालक योगेन्द्र चन्दले घराना चुलोमा थकाली खाना सुदूरपश्चिम प्रदेशकै फरक स्वादमा पाईने जानकारी दिए । उनले घराना चुलोमा अन्य रेस्टुरेन्टको भन्दा फरक स्वादमा खाना पाईने बताए । साथै संञ्चालक चन्दले एकपटक सबैलाई सेवाको मौका दिन अनुरोध गरेका छन । यस्तो छ, ‘घराना चुलो’ को सजावट अनि स्वाद हेर्नुहोस् ११ तस्विरमा…!

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार