ट्राफिक नियम…कस्ले जान्या छैन, जान्नेले नि मान्या छैन भन्दै प्रहरी सडकैमा नाचेपछि !

संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्य

छमछमी नाचे ट्राफिक प्रहरी

ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो आज सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जनाएका छन ।

सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार