कहीँ नभएको जात्रा हाडी गाउँमाः डिलासैनी गाउँपालिकाका जनप्रतिनिधीद्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण (भिडियो सहित)

गाउँपालिका केन्द्र विवाद

त्रिलोचन भट्ट

धनगढीः बैतडीको डिलासैनी गाउँपालिका जनप्रतिनिधीहरुले गाउँपालिका केन्द्रको विषयलाई लिएर कहीँ नभएको जात्रा हाडी गाउँमा भएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गरेका छन् ।

सोमवार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमै पुगेर उनीहरूले मुख्यमन्त्री मार्फत सङ्घीय सरकारलाइ पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । राज्य पुनर्संरचना हुने बेला गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएकोमा अहिले उल्ट्याउने प्रयास भएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक १९ गते डिलासैनी गाँउसभाको सातौँ अधिवेशनबाट भएको निर्णय विवादित रहेको र स्थानीय तह बाट नै विवादको निरूपण गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधान अनुसार प्रक्रिया अगाढी बढाउन प्रदेश कार्यालय मार्फत गाउँपालीकालाई परिपत्र गर्ने भनिएता पनि प्रदेश सरकारले उक्त परिपत्र गाँउपालीका नपठाएर सङ्घीय सरकार लाई नै फिर्ता पठाएको भन्दै मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गरिएको वडा नम्बर ७ का अध्यक्ष प्रेम सिंह धामीले बताउनुभयो । उहाँले वडा नम्बर ७ भित्रै वडा गाउँपालीकाको केन्द्र तोकिनु पर्ने माग गर्दै हामीले मुख्यमन्त्री मार्फत सङ्घीय सरकारको पनि ध्यानाकर्षण गराएका छौ ।
वडा नम्बर ५ का वडाध्यक्ष मान बहादुर बोहराले भने,‘अन्य कुनै पनि निर्णय हामीलाई मान्य हुँदैन । वडा नम्बर ७ मै केन्द्र नतोकिए हामी कडा आन्दोलनमा उत्रिन्छौ।’ उत्रिने वडा नम्बर ५ का वडाध्यक्ष मान बहादुर बोहराले बताउनुभयो ।

त्यस्तै, विगतमा कार्यपालिका बैठकबाट डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएर जग्गा व्यवस्थापनको प्रक्रिया समेत पूरा भइसकेको अवस्थामा चलखेल गर्दै केन्द्र सार्न खोजिएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष हरिदत्त पन्तले आपत्ति जनाउनुभयो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले ध्यानाकर्षण पत्र बुझ्दै गाँउपालीकाको केन्द्र सार्ने विषयमा सङ्घीय सरकार लाई सिफारिस गर्ने काम मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय सङ्घीय सरकारको कुनै मन्त्रीले काट्न निल्दैन कानुनले त्यो दिँदैन त्यसैले हामीले केन्द्र सरकार लाई पत्र फिर्ता गरिएको हो।’ उहाँले थप्दै भन्नुभयो,‘यो हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन सङ्घीय सरकारको निर्णय हो । म अहिले नै प्रधानमन्त्री कार्यालयमा यो ध्यानाकर्षण पत्र पठाइदिन्छु ।’

तर सो विषयमा डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बहादुर बोहराले भने गाउँपालिकाको केन्द्र राख्ने विषयमा कुनै पनि जबरजस्ति नगरेको र उहाँहरुको मागलाई सामान्यरुपमा लिएको बताउदै उहाँले भन्नुभयो, कसैले जवरजस्ति गरेको भन्छ भने त्यो हास्यास्पद हुन जान्छ । गाउँ सभाको दुई तिहाई बहुमतले सो निर्णय गरेको बोहराले जिकीर गर्नुभयो ।

डिलासैनी गाउँपालिकामा भने गाउँपालिकाले केन्द्र स्थापना नगर्दै सार्ने चलखेल भएको भन्दै स्थानीयले समेत विरोध प्रदर्शन गर्दै आएका छन् ।वाकी अंश भिडियोमा…!

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार