नेपालले पहिलो पटक सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्ने, सगरमाथाको उचाई कति ?

सगरमाथा

काठमाडौं : आज सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । सरकारले नेपाल र चीनको संयुक्त टोलिले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो । नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ संयुक्त रुपमा सगरमाथाको उचाइ मापनको परिणाम प्राप्त गरी सो परिणाम सार्वजिनक गर्न लागेको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजिकन गर्न स्वीकृति दिएको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।

मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रालयलाई नै स्वीकृति दिएको थियो । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत दिएको हो ।

सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष २०६४/०६५ बाट सुरु भएको थियो । १३ वर्ष लामो मापन कार्य सम्पन्न भएर औपचारिक रुपमा घोषणा गर्न लागेको मन्त्रालयले जनाएको छ । पहिलोपटक सरकारले आफ्नै देशको स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

सन् २०१९ मा चिनका राष्ट्रपती सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए । यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८४८ मिटर मानिँदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार