३ दिनदेखि खुला आकाशमुनि बसेको नरुदेवीको परिवार को पिडा: ‘मेयर साबले घाइते दिलमा डोजर चलाइस्यो’

धनगढी उप-महानगरपालिकाले टहरोमा डोजर लगाउँदा एक परिवार तीन दिनदेखि खुला आकाशमुनि
धनगढी: धनगढी उप-महानगरपालिका वडा.नं. ०१ स्थित कैलाली पुल छेउको ऐलानी जग्गामा १२ वर्ष अघिदेखि बस्दै आएको नरु देवीको परिवार घरबार बिहिन भएको छ ।
उप-महानगरपालिकाले नक्साभित्र परको जग्गा भनी डोजर लगाएर उनको टिनको टहरा भत्काइदिए पछि उनको परिवार घरबार बिहीन भएको छ । अहिले उनका तीन छोरा, श्रीमान् र नातिनीसहित नरु देवीको परिवार खुला आकाशमा बस्न बाध्य भएका छन् ।
डोजरले टहरो भत्काउन खोज्दा नरु देवीका श्रीमान्, छोरा र २ वर्षकी बालिका सडकमै सुतेर अवरुद्ध गर्न खोजे पनि स्थानीय सरकार र धनगढी वडा प्रहरी कार्यालयका कर्मचारीहरू बीच उनीहरू निरीह बने । विगत १२ बर्षदेखि यो ठाउँमा बसोबास गर्दै आएको नरु देवी बोहोराले बताईन् । उनले भनिन्, ‘नगरपालिकाले दादागिरी शैलीमा हामी बस्ने ठाउँमा डोजर चलायो, हाम्रो विचल्ली भयो ।’
उपमहानगरपालिकाकाले हाम्रो उठिबास गराएको उनले दुखेसो पोखिन् । उप-महानगरपालिकाकाले हाम्रो व्यवस्थापन गदिनु पर्ने उनले बताईन् । उनले आफ्नो पनि यो खोला किनारमा बस्ने रहर नभै बाध्यता भएको बताउँदै भनिन्, ‘हामी कोठा भाडामा लिएर पनि बस्न सक्ने अवस्थामा छैनौं उप-महानगरपालिकाकाले हाम्रो व्यवस्थापन गरिदिनु पर्यो ।’
राजनीतिसँग दूरसम्म कतै नाता नभएको नरु देवी बोहोराको परिवार द्वन्द्वकालमा डोटी जिल्लाबाट विस्थापित भई धनगढी बजारमा खेप्नु सास्ती खेपीरहेको छ । जेनतेन मजदुरी गरेर गुजार गर्दै गरेको परिवारमा २०६० सालमा धनगढीकै सेतो पुलमा सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी र प्रहरीबीच भएको दोहोरो भीडन्त हुँदा प्रहरीको गोली लागेर नरु देवी घाइते भएपछि झन् विपत्ति थपिदै गएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार