सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर

सगरमाथाको नयाँ उचाई

सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर घोषणा भएको छ । नेपाल र चीनले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको थियो । महाभूकम्प २०७२ पछि उचाईमा परिवर्तन भएको हुनसक्ने आधारमा मापन गरिएको हो । अब उचाई ०.८६ मिटर बढेको छ ।

घोषणा कार्यक्रममा भर्चुअल माध्यमले दुवै देशका उच्च अधिकारी सहभागी थिए । नापी विभागका उच्च अधिकारीहरु पनि कार्यक्रममा सहभागी थिए ।

विभागले दुई वर्ष लगाएर उचाईको निक्र्यौल गरेको हो । नेपालले पहिलोपटक आफ्नै प्रविधि र खर्चबाट सगरमाथाको उचाई पत्ता लगाएको हो ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार