विप्लव समुहद्वारा प्रधानाध्यापकको अपहरणपछि गोली हानी हत्या

गोली हानी हत्या
सांकेतिक तस्विर
मोरङको मिक्लाजुुङमा विप्लव समुहले विद्यालय प्रधानाध्यापकको अपहरण पछि हत्या गरेका छन् । विप्लव समुहले मंगलबार बिहान ६:४५ बजेतिर प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि लगेको र त्यसको केही समयपछि गोली हानेर हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । ।

उनको टाउकाेमा गोली लागेको मोरङ प्रहरीले बताएको छ । श्रेष्ठ सरस्वती आधारभूत स्कुलका मिक्लाजुङ गाउँपालिका-१ बर्खेका प्रधानाध्यापक भएको खुलेको छ ।

उनलाई सुरकी गर्ने गरेको आरोपमा गोली हानी हत्या गरेको भन्ने प्रारम्भीक अनूशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनको अपहरणपछि हत्या भएको मृतकका भतिजाले प्रहरीमा खबर गरेपछि थाहा भएको हो । उनको घरबाट करिब ३० मिनेट पर जंगलमा हत्या भएको बताइएकाे छ ।

हत्यामा विप्लव समुहको संलग्नता देखिएको मोरङ प्रहरीले जनाएको छ । थप अनुशन्धानका लागि प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको छ । स्रोतः न्युज ट्वान्टीफोर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार