कैलालीको गोदावरीमा बेवारिसे शव फेला, पहिचानमा सहयोग गर्न प्रहरीको आग्रह !

कैलालीको गोदावरीमा सडेको अवस्थामा शव फेला
धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा सडेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको सनाखत हुने सकेको छैन ।
प्रहरीका अनुसार मृतक व्यक्तिले निलो रङ्गको जिन्स पाइन्ट लगाएका छन् । ५ फिट ५ इन्च अग्लो ती मृतक व्यक्ति करिब २५÷३० वर्ष उमेरको देखिने प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
उनले मृतक व्यक्तिको दाङ्या हातको पाखुरामा नाग सर्प र शिव लिङ्गको ट्याटु, दायाँ हातको बसी औलामा बिच्छीको ट्याटु, बायाँ हातको पाखुरामा बिच्छीको ट्याटु रहेको बताए । प्रहरीका अनुसार मृतक व्यक्तिको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
साथै पहिचान खुल्न नआएको हुँदा फोटोहरुको आधारमा पहिचान भएमा यस कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन कैलाली प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार