सामुदायिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा पाण्डे

सामुदायिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा पाण्डे

धनगढी: धनगढी उप–महानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भीक साधारण सभा भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरको प्राङ्गणमा भएको प्रारम्भीक साधारण सभाले जनकराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय संचालक समिती गठन गरेको छ । सभाले उपाध्यक्षमा कुबेरबहादुर शाही, सचिवमा लोकेश भट्ट, कोषाध्यक्षमा कुन्जा भट्ट र सदस्यहरुमा जानकी चौधरी, दुर्गा कुमारी बम, समिर पन्तलाई निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, सभाले लेखा समिति संयोजकमा गोबिन्द बोहरा र सदस्यहरुमा नारायण धामी तथा ईश्वरी शाहीलाई चयन गरेको छ । एक सय ६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ५४ लाख ८६ हजार रहेको छ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र (भट्ट) को प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा तदर्थ समितिका उपाध्यक्ष कुबेरबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए । तदर्थ समितिका कोषाध्यक्ष कुञ्जा भट्टले लेखा प्रतिवेदन प्रस्तुत गरिएको उद्घाटन समारोहमा सचिव लोकेश भट्टले प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रम जनकराज पाण्डेको अध्यक्षतामा भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार