सुदूर पहाडमा भूकम्पको धक्का महसुस

भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आईतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।

बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले बताए।

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ। भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो। भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार