२ सय ९४ पद पूर्तिका लागि नेपाली सेना द्वारा दरखास्त आह्वान, कुन पदमा कति ? (सूचना सहित)

नेपाली सेना

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको छ।

लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको गरेको हो। लेखा जमदारमा ५० जनाको माग भएको छ। जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।

पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ। अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ। समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ।

यस्तै सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको हो। कुचिकार पदमा भने खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ। चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जना मागेको छ।

जंगी अड्डाले लोहकार खुल्लातर्फ चार जना मागेको छ भने समावेशीसमेत गरी यस पदमा ८ जना माग भएको छ। खुल्लातर्फ १ जना धोबीसमेत गरी कूल २ जना धोबी मागेको छ।

खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको जंगी अड्डाले जानकारी दिएको छ। सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गर्दै अड्डाले आवेदन खुला गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले नि:शुल्क उपलब्ध गराउनेछ। यसबारे अड्डाले आजको गोरखापत्रमा सूचना निकालेर विस्तृत जानकारी दिएको छ।

दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने अड्डाले जनाएको छ।

सूचना:

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार