नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न भट्टको माग

प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्ट
कञ्चनपुर: नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षा फौजलाई कारबाही गर्न प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्ट माग गरेका छन्।
भट्ट कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर ३ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य हुन् ।
कञ्चनपुरको दोधारा चाँदनी नपा स्थित बैलबन्धको नेपाल-भारत सीमामा भारतीय सुरक्षा फौजले सोमबार साँझ १६ वर्षीय नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको थियो। घाइते लुहारको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ।
आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनालाई निन्दनीय भन्दै नेकपा (दाहाल-नेपाल समूह) का नेता भट्टले सत्य तथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको माग गरेका हुन्। भट्टले घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार