भारतीय एसएसबी द्धारा नेपालीमाथि गोली चलाएको अस्वीकार !

बजारबाट सामान किनेर फर्कँदै गरेका नेपालीमाथि गोली

कञ्चनपुर: बजारबाट सामान किनेर फर्कँदै गरेका नेपालीमाथि गोली चलाएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। दोधारा चाँदनी नगरपालिका-१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनारमाथि सोमवार साँझ भारतीय वन क्षेत्रमा गोली लागेको थियो।

तर, भारतीय एसएसबीले घटनामा आफ्नो संलग्नता नै नरहेको दावी गरिरहेको छ। सशस्त्र प्रहरी बल (एपीएफ), शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सीमा क्षेत्रमा तैनाथ भारतीय एसएसबीले सो घटनामा आफनो कुनै संलग्नता नरहेको जनाएको छ।

एसएसबीलाई उद्धृत गर्दै उनले भने, ‘सीमा क्षेत्रमा तैनाथ कुनैपनि युनिटबाट गोली चलाउने लगायतका कार्य भएका छैनन् भनेर जवाफ आएको छ।’​

‘गठीगोठ क्षेत्रमा रहेको भारतीय वन क्षेत्रमा पटक-पटक तस्करहरूले रुखहरू कटान गर्दै आएका थिए। भारतीय वन रक्षकहरूले चलाएको बन्दुकको छर्रा सुनारलाई लागेको अनुमान गरेका छौं,’ सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘घटनाबारे विस्तृत रूपमा बुझ्ने कार्य भैरहेको छ, सीमा क्षेत्रमा रहेको भारतीय वन विभागको कार्यालयसँग समेत सम्पर्क गरिरहेका छौं।’ घटना यसरी नै भएको हो भन्नेबारे अहिले नै एकीन गर्न नसकिने उनले बताए।

पीडित भन्छन्‌, ‘१०/१२ जनाले खेदे, अनि गोली हाने’

साँझका बेला सीमावर्ती बजार गठीगोठबाट घरका लागि आवश्यक पर्ने चामल, दाल, चिनी, प्याज टमाटर लिएर फर्कँदै थिएँ। हामी दुई जना थियौं। मसँगै रहेका एकजना अगाडी थिए। म पछाडी थिएँ। गठीगोठको जंगलमा सागवानको रुख काटिएको थिए। त्यही पुगेँ।

पछाडिबाट कसैले डन्ठाले हान्यो। लडेँ, अनि हतपत उठेँ। डराएर भाग्न थालेँ। पछाडिबाट पटाका पड्केको जस्तो आवाज आयो। खुट्टामा छर्रा लाग्यो। भाग्दै पूर्णागिरि स्कुलनजिक पुगेँ। मसँगै अगाडी हिँड्दै गरेका गोपु चन्द अंकलाई खबर गरेँ। मलाई गोली लाग्यो भनेँ। अंकलले लिएर आए।

गोली चलाउने को हुन्‌ भनेर चिन्न सकिनँ। १०/१२ जना जति थिए। उनीहरू सागवान काट्नेको खोजी गर्दै थिए। बलयलबन्दबाट गठीगोठ झण्डै आधा किलोमिटर दुरीमा रहेको छ। -थाहाखबर 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार