हिमपातसँगै हिमालपारीका जिल्लाहरुको जनजीवन कष्टकर

मनाङ मा हिमपात

मनाङ:  देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारीको जिल्लाहरुमा हिमपात शुरु भएको छ ।

सोमवार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन कष्टकर बनेको छ। केहिदिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घर भित्रै थन्काएको छ ।

मानिस त जसोतसो घर भित्र छन अझ समस्यमा त गाईबस्तु र चराचुरुङ्गी परेका छन । हिमपातसँगै यहाँका बिकास निर्माणका कामहरु पनि ठप्प भएका छन् ।

बर्षामा बाढी पहिरो र हिउँदमा हिमपातका कारण बिकास निर्माणले गति लिन नसकेको पुर्बाधार बिकासका प्रमुख नविनचन्द्र अधिकारीले बताउनु भयो ।

हिमपातका कारण खेतीबाली सप्रने भएपनि जनजीवन प्रभावित भएको छ । कोरोना माहमारीमा जिल्ला भित्र रहेका मनाङबासी हिमपातको असर थेग्न फेरि बाध्य भएका छन् ।।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार