संसारकै प्रदूषित सहरको सूचीमा अटायो काठमाडौँ, साँझपख घरबाहिर निस्कँदा हुन्छ पिरो महसुस !

संसारकै प्रदूषित सहर काठमाडौं

काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ ।

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीमा अटाएको छ ।

सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साँझपख घरबाहिर निस्कँदा अधिकांशले आँखा पिरो महसूस गरेका थिए ।

यो समाचार तयार पर्दासम्म काठमाडौं संसारकै प्रदूषित शहरको सूचीमा ९६औं स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले ५ छ ।

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले सोमबार बेलुका काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको थियो । पहिलो स्थानमा रहेको काठमाडौंको एक्यूआइ ४८७ थियो ।

मंगलबार‌ सूचीको पहिलो स्थानमा कीर्गिस्तानको विश्केक शहर रहेको छ । हाल विश्केकको एक्यूआइ ४६९ छ । यस्तै दोस्रो स्थानमा चीनको वुहान शहर छ । छैठौं स्थानमा भारतको मुम्बई र पाँचौं नम्बरमा बंगलादेशको ढाका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार